+
+

डोटीमा प्रदेशस्तरीय खप्तड–शैलेश्वरी गोल्डकप हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १४:०५

५ असोज, डोटी । डोटीमा सुदूरपश्चिम प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

नेपाली सेनाको भैरवप्रसाद गण सिलगढी, दिपायल शिलगढी नगरपालिका–६ को कार्यालय र जिल्ला अस्पताल डोटीको आयोजनामा असोज ८ गतेदेखि खप्तड–शैलेश्वरी गोल्डकप २०७९ फुटबल प्रतियोगिता हुने छ ।

बुधबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिइएको छ ।

प्रतियोगितामा आठ टिमले भाग लिनेछन् । कैलाली, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, भैरवप्रसाद गण र उद्योग वाणिज्य संघको टिम सहभागी हुने भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुनेलाई १ लाख र दोस्रो हुनेलाई ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । खेलाडीहरुकोका खाने बस्ने र गाडी भाडाको व्यवस्था समेत आयोजकले गर्नेछ ।

डोटी जिल्लमा पहिलो पटक आयोजना हुने प्रदेशस्तरीय प्रतियोगिता दशैं तिहारको अवसर पारेर आयोजना गरिएको दिपायल सिलगढी नगरपालिका–६ का वडाध्यक्ष नरेश मलासीले बताए ।

मलासीले भने, ‘डोटीमा राम्रा खेलाडीहरु भएपनि खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार तथा संघीय सरकारबाट भएको छैन ।’ प्रतियोगिताका लागि दिपायल सिलगढी नगरपालिका–६ को कार्यालयले एक लाख र जिल्ला अस्पताल डोटीले ५० हजार सहयोग गर्ने छ भने अन्य ब्यवस्थापन भैरवप्रसाद गणले गर्ने भएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?