+
+

सभापति देउवामाथि दबाब बढाउन शेखर पक्षको भेला

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १२:४३

७ असोज, काठमाडौं । चुनावमा आफ्नो पक्षका नेतालाई सकेसम्म धेरै टिकट दिलाउन नेपाली कांग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ ।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई दबाब बढाउन स्वयम्भूमा बसेको शेखर पक्षको बैठकले भोलि (शनिबार) हुने भेलाको बारेमा तयारी गर्ने छ ।

बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ संस्थाका नेताहरु लगायत सहभागी छन् ।

टिकटमा सम्मानजनक हिस्सेदारीको माग गर्ने देउवालाई थप दबाब बढाउन भेला गर्न लागिएको एक नेताले बता । भेलामा टिकटका प्रत्यक्ष तथा समानुपातिक तिर सिफारिस परेका र आकांक्षीहरु पनि सहभागी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?