+
+

सत्तामा पुगेर बाँडीचुँडी खानलाई गठबन्धन : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १६:१०

७ असोज, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ५ दलको चुनावी गठबन्धन केवल सत्तामा पुगेर बाँडेर खानका लागि मात्रै भएको बताएका छन् ।

सत्तामा रहेका दलहरुको गठबन्धन कुनै विचार सिद्धान्त मिलेर नभई केवल फेरि सत्तामा पुगेर बाँडेर खाने दाउ मात्रै भएको बताए ।

नेकपा एमाले लुम्बिनी प्रदेश सल्लाहकार परिषदको बुटवलमा आयोजित प्रथम बैठकलाई सम्वोधन गर्दै पौडेलले गठबन्धनले सुशासन र समृद्धि दिन नसक्ने र देशलाई सही मार्गमा लैजान नसक्ने भन्दै एमाले कार्यकर्ताहरुले यी विषयहरु जनतासामु प्रष्ट पार्नुपर्ने बताए ।

‘गठबन्धनसग जनता सामु जाने न विचार छ, न नीति छ, न कार्यक्रम छ’, पौडेलले भने, ‘तर एमालेसँग देशलाई सही नेतृत्व गर्ने विचार, दृष्टिकोण र नीति कार्यक्रम सबै छन् ।’

सत्ता गठबन्धनसँग मुलकको नेतृत्व गर्ने नेतृत्व र त्यसलाई निर्देशित गर्ने साझा घोषणा पत्र समेत नभएकाले जनताले पत्याउने कुनै आधार नभएको उनको दावी छ ।

‘हामीले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी ओलीले गर्ने भनेर टुंगो लगाइसक्यौं’ पौडेलले भने, ‘गठबन्धनलाई सोध्यो भने उनीहरु प्रधानमन्त्रीको नाम समेत प्रस्ताव गर्न सक्ने अवस्थामा छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?