+
+

‘हिजोआजका कुरा’ले थाल्यो नेपालगञ्जबाट मोफसल प्रचार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १६:५६

काठमाडौं । पारिवारिक कथावस्तुमा आधारित फिल्म ‘हिजोआजका कुरा’ले देशव्यापी प्रवर्द्धन अभियान सुरु गरेको छ । सन्तोष पन्तद्वारा निर्मित तथा साकार पन्त निर्देशित फिल्मका कलाकारले शुक्रबार बिहान नेपालगञ्जको भाटभटेनीमा दर्शकसँग साक्षात्कार गर्दै प्रवर्द्धन अभियान थाले ।

यो सोसल ड्रामा तथा कमेडी फिल्म असोज २८ गतेदेखि प्रदर्शन हुँदैछ । १२ वर्षसम्म नेपाल टेलिभिजनमा प्रसारण भएको टीभी सिरिज सोही नाममा फिल्ममा आउन लागेको हो ।

‘यसै सन्दर्भमा हामी दर्शकमाझ जान लागेका हौं,’ निर्देशक पन्तले अनलाइनखबरसँग भने । नेपालगञ्जपछि पूर्वी सहरहरु धरान, इटहरी र विराटनगरमा समेत प्रवर्द्धन हुनेछ ।

फिल्मका कलाकारहरु सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, जेबिका कार्की, दिव्यदेव, विनय कुइँकेल, अनुष्का अधिकारीसहित निर्देशक पन्तले दर्शकहरुसँग भलाकुसारी गर्नेछन् । फिल्म प्रचारमा भाटभटेनीले सहकार्य गरेको छ ।

मोफसलको पहिलो चरणको यात्रापछि दोस्रो चरणमा पोखरा, चितवन, हेटौंडा लगायतका सहरमा पुग्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । गीतसंगीत तथा टे«लरबाट समेत दर्शकको ध्यान तान्न सफल फिल्ममा नेपाली समाजको वर्तमान अवस्था, पारिवारिक आरोह-अवरोह, विदेश मोह लगायतका विषय उठान गरिएको छ । फिल्मको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दीप किस्नाको छ ।

फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव, रीमा विश्वकर्मा, जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?