+
+

ओलीले भने : गठबन्धनमा भएका पार्टी बुढा, एमाले युवा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १८:५१

७ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा भएका दलहरु बुढा भएको भन्दै बुढा दलले देश विकास नहुने बताएका छन् ।

एमाले निकट राष्ट्रिय युव संघ नेपालको राष्ट्रिय प्रचार भेला कार्यक्रममा ओलीले भने, ‘गठबन्धनमा भएका दलहरु बुढा, स्थापना भएको जति वर्ष भए पनि उमेर अनुसार बुढा । युवा पार्टी त नेकपा एमाले ।’

ओलीले सत्ताको नेतृत्व गरेको कांग्रेस गन्तव्यविहीन यात्रामा हिंडेकालाई साथ लिएर अघि बढिरहेको बताए ।

‘बुढो कांग्रेसको पनि धेरै ठ्याइँ ठ्याइँ भयो । जरो सरो पोहोरै गइसक्यो । सिंग पनि खुस्किसकेको छ’ उनले भने, ‘गन्तव्य नभएकाहरुलाई लिएर अघि बढेको छ, अलि अघि बढेर पछाडि हेर्छ एउटा छैन, फेरि हेर्छ अर्को छैन ।’

ओलीले तराईमा एमाले विरोधी भ्रम लैजाने खोजेको आरोप पनि लगाए । तर भ्रम फैलाउन खोज्नेहरुलाई एमालेले गरेको कामले जवाफ दिने उनले बताए ।

‘हुलाकी राजमार्ग हेर्ने वित्तिकै एमाले याद आउँछ’ उनले भने, ‘काठमाडौं बाहिर ढल थिएन, नेकपा एमालेले जनकपुरधामबाट ढल सुरु गर्‍यो,’ ओलीले भने, ‘काठमाडौं बाहिर पहिलो चक्रपथ मैले दमकमा बनाएँ । त्यसपछि अन्यत्र पनि बने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?