+
+

काठमाडौंमा नेपाल आतिथ्य सम्मेलन

पर्यटन पुनरुत्थानका उपाय खोजी गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १४:४०

९ असोज, काठमाडौं । होटल संघ नेपालको आयोजनामा नेपाल आतिथ्य सम्मेलन २०२२ सुरु भएको छ । कोरोना भाइरसको महामारीबाट मारमा परेको पर्यटन क्षेत्रको पुनरुत्थानका उपायबारे नेपाल हस्पिटालिटी कन्क्लेभ २०२२ मा छलफल हुने भएको छ ।

शनिबार प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रष्ठले सम्मेलनको उद्घाटन गरे । यस किसिमको कन्क्लेभले आगामी दिनमा पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

होटल संघ नेपालले समय समयमा प्रस्तुत हुने सुझावहरुप्रति नेपाल सरकार सकारात्मक रहेको र मुलुकको पर्यटन उद्योगलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने गृहकार्य भइरहेको उनले बताए ।

सो अवसरमा होटल संघ नेपालका अध्यक्ष सृजना राणाले पर्यटन तथा होटल उद्योगमा धेरै समस्याहरु रहेको हुँदा उक्त एक दिवसीय कन्क्लेभबाट निस्किएका विषयहरु नेपाल सरकार समक्ष प्रस्तुत गरिने जानकारी गराइन् ।

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले पर्यटकको बसाइ लम्बाउन विभिन्न कार्यक्रम गरिने बताइन् । उनले रैथाने खानाका बारेमा चर्चा गरिन् ।

संघका महासचिव साजन शाक्यले अहिलेकै अवस्थामा मुलुकले ५० लाख पर्यटक धान्न सक्ने क्षमता विकास गरिसकेको बताए ।

शनिबार नै अर्धवार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त अवसरमा होटल संघ नेपालले प्रकाशनमा ल्याएको कफिटेबुल बुक ‘नेपालः ए जोर्नी फ्रम इस्ट टु वेस्ट’ नामक पुस्तक विमोचन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषण गरेको पर्यटन दशकलाई उक्त पुस्तक सहयोगी हुने बताए ।

सो अवसरमा होटल संघ नेपालका अध्यक्ष सृजना राणाले मुलुकको अर्थतन्त्रमा पर्यटन तथा होटल उद्योगको ठूलो योगदान रहेको बताउँदै उहाँले होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको रुपमा कानुनमा नै व्यवस्था हुन आग्रह गरिन् ।

होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले पुस्तकका बारेमा संक्षिप्त जानकारी गराउँदै समग्र मुलुकको गन्तव्य, खाना, आयुर्वेदा जस्ता महत्वपूर्ण विषयहरुमा प्रकाश पारे ।

नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख नन्दिनी लाहे थापाले विस्तारै अघि बढ्दै गरेको पर्यटन उद्योगलाई अझ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा व्यापक प्रचारप्रसार गरी विदेशी पाहुनालाई नेपाल भित्र्याउने बताइन् ।

सोमबारसम्म सञ्चालन हुने सम्मेलन हानले विनस्टल्क एसियासँगको सहकार्यमा आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?