+
+

नेप्सेमा २३.८३ अंकको गिरावट, कारोबार रकम १ अर्ब माथि

लक्ष्मी बैंकको मात्रै २६ करोडको किनबेच

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १५:३७

९ असोज, काठमाडौं । सेयर बजार परिसूचक नेप्से २२ महिना यताकै न्यून बिन्दुमा झरेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २३.८३ अंकले घटेर १८१५.१३३ अंकमा बन्द भएको छ ।

९ मंसिर २०७७ मा १८१०.१५ अंकमा रहेको नेप्से १० मंसिर २०७७ मा १८७५.१० अंकमा बन्द भएको थियो । त्यसपछि लगातार बढेर २ भदौ २०७८ मा ३१९९.०३ अंकसम्म पुगेर ३ भदौदेखि नेप्सेमा गिरावट सुरु भएको थियो ।

आइतबार नेप्सेको बन्द भएको बिन्दु (क्लोजिङ इन्डेक्स) २२ महिना यताकै न्यून भएपनि ‘इन्ट्रा–डे’ मा भने १० असार २०७९ मा १८०६.९५ अंकसम्म झरेको थियो । ९ असार २०७९ मा १८४८.२८ अंकसम्म झरेर पुन उकालो लागेको नेप्से ३ महिनापछि त्यसभन्दा तल झर्दै २२ महिना यताकै नयूनतम बिन्दुमा पुगेको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । जसमध्ये लगानी उपसूचक सर्वाधिक २.८२ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक सबैभन्दा धेरै २.५७ प्रतिशत र हाइड्रोपावर उपसूचक २.५४ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा गिरावट भएपनि आइतबार कारोबार रकम भने बढेर १ अर्ब नाघेको छ । गत बिहिबार ६५ करोडमा सीमित कारोबार रकम आइतबार बढेको हो ।

आइतबार नेप्सेमा १ अर्ब ७ करोड २४ लाख ८० हजारको कारोबार भएको छ । बैंकको कुल १३ लाख ८९ हजार ८६९ कित्ता सेयर किनबेच हुँदा १३ लाख ७५ हजार ५८५ कित्ता सेयर ब्रोकर नंम्बर ४९ (अनलाइन सेक्युरिटिज) मार्फत खरिद भएको छ । जसमध्ये पनि १३ लाख ७५ हजार कित्तासोही ब्रोकरबाट बिक्री भएको छ । १३ वटा कारोबार १ लाख कित्ताको दरले र एउटा कारोबार ७५ हजार कित्ताको हुँदा अन्य भने सानो कारोबार छ ।

यस्तै आइतबार नबिल बैंकको ४ करोड २९ लाख ७८ हजारको कारोबार भएको छ । आइतबार नेप्सेमा १८८ कम्पनीको सेयर कारोबार भएकोमा १७४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्य गिरावट हुँदा १२ कम्पनीको मात्रै बढेको छ ।

नेप्सेमा सूचिकृत भएर आइतबारबाट कारोबार सुरु भएको अभियान लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै नबिल इक्विटी फण्डको इकाइमूल्य २.९४ प्रतिशत र लक्ष्मी बैंकको सेयर मूल्य २.६६ प्रतिशतले बढेको छ ।

यता तेह्रथुम पावरको सेयर मूल्य ७.९० प्रतिशतले गिरावट हुँदा कुमारी धनवृद्धि योजनाको इकाइ मूल्य ७ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?