+
+

म्याराथन धावक किप्चोगेले तोडे आफ्नै कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १६:३०

९ असोज, काठमाडौं । दुई पटकका ओलम्पिक च्याम्पियन एलिउड किप्चोगेले आफ्नै नामको कीर्तिमान तोडेका छन् ।

जर्मनीको बर्लिनमा भएको म्यारथनमा उनले नयाँ कीर्तिमान बनाएका हुन् । ३७ वर्षीय केन्याली धावक किप्चोगेले २ घण्टा १ मिनेट ९ सेकेण्डमा निर्धारित दुरी पार गरेका हुन् ।

बर्लिनमा नै चारवर्ष अघि उनले सोही दुरी २ घण्टा १ मिनेट ३९ सेकेण्डमा पूरा गरेका थिए । ४ वर्षअघि भन्दा यसपाली उनी ३० सेकेण्डले छिटो भए ।

यसपाली आफ्नै कीर्तिमान तोडेको किप्चोगेले ४ वर्षअघि केन्याका धावक डेनिस किमोटोको कीर्तिमान तोडेका हुने । किमोटोले २ घण्टा २ मिनेट ५७ को कीर्तिमान बनाएका थिए ।

किप्चोगेको करिअरमा यो १७ औं म्यारथन हो, जसमा उनले १५ पटक जित हात पारेका छन् । उनले २०१९ मा भियनामा २६.२ माइलको दुरी २ घण्टा भन्दा कम समयमा पार गरेका थिए । तर त्यो दौड आधिकारिक म्याराथन थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?