+
+

अध्यागमनको पर्यटक भिसा शाखा र एजेन्सी शाखा दशैंमा एक दिन मात्र बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १८:०८

९ असोज, काठमाडौं । अध्यागमन विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा दशैंमा एक दिन मात्र बन्द रहने भएको छ । विभागले एक सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो ।

दशैंमा सरकारले दिएको बिदामध्ये १९ असोजका दिन परेको बडा दशैंको दिनमा मात्र अध्यागमन विभागको सेवा पूर्ण बन्द रहने भएको छ । यसबाहेकका दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म यी दुई शाखा खुला रहने विभागले जानकारी गराएको छ । सरकारले दशैंमा १६ असोजदेखि २१ असोजसम्म सार्वजनिक बिदा दिएको छ ।

यी दुवै शाखा तिहारमा समेत एक दिन मात्र बन्द रहने भएको छ । तिहारमा ७ कात्तिकदेखि ११ कात्तिकसम्म मनाइँदैछ । यसमध्ये १० कात्तिकमा पर्ने भाइटिकाको दिन बाहेक अन्य दिन बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म दुई शाखाको सेवा निरन्तर रहने विभागले जनाएको छ ।

शरद ऋतु नेपालमा सबैभन्दा धेरै पर्यटक आउने समय हो । नेपालले अनअराइभल भिसा खुला गरेका कारण अध्यागमन बढी व्यस्त रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?