+
+

जब हिरासतमा रहेका व्यक्तिको नाममा गाँजाको पार्सल आयो…

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १८:५१
फाइल तस्वीर

९ असोज, काठमाडौं । मण्डनदेउपुर–७, काभ्रेपलाञ्चकका मनोज राईलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले २० भदौमा हुलाकबाट आएको ३ किलो ७० ग्राम लागूऔषध गाँजासहित पक्राउ गर्‍यो ।

अमेरिकाबाट आएको पार्सलमा गाँजा भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर हिरासतम रहेका बेला उनको नाममा पुनः अमेरिकाबाट अर्को पार्सल आएको भेटिएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोका एसपी योगेन्द्र तिम्सिनाका अनुसार अमेरिकाबाट आएको लूगाको पार्सलभित्र लुकाएको अवस्थामा एक किलो ३३० ग्राम लागूऔषध गाँजा बरामद भएको हो ।

‘अमेरिकाबाट आएको सर्ट, जिन्स लगायतमा गाँजा भेटिएको हो’, एसपी तिम्सिनाले भने । केही अघि पक्राउ परेका व्यक्तिकै नाममा पार्सल आएपछि गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारले लागूऔषध नियन्त्रण ब्यूरोलाई खबर गरेको थियो । त्यसक्रममा थप गाँजा पनि बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?