+
+

चितवनमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते २०:३५

९ असोज, चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भतेरी जंगलमा टिपरले ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका २९ भतेरीमा नारायणगढबाट जुगेडीतर्फ जाँदै गरेको ना ८ ख ४५६२ नम्बरको ट्रिपरले जुगेडीबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६–००१ प ८५५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक तनहुँको देवघाट गाउँपालिका-५ का ५१ वर्षीय बिक्रम तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते तामाङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । ठक्कर दिने ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?