+
+

आनीलाई सामाजिक गतिविधिमा सरिक गराउन प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १९:०३

९ असोज, काठमाडौं । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले आनी (भिक्षुणी) हरूलाई सामाजिक गतिविधिमा सरिक गराउने दुई दिने प्रशिक्षण दिएको छ ।
बिहीबारबाट स्वयम्भूस्थित होटेल च्वाइसमा भएको गोष्ठीमा करिब ६५ जनाभन्दा बढी सहभागी थिए ।

कार्यक्रममा समितिका कार्यकारी निर्देशक होम दोङले बौद्ध दर्शनलाई विकास गर्न आनीहरुको ज्ञानलाई जनमानसमा पुर्‍याउने उद्देश्यले प्रशिक्षण गरिएको बताए ।

उनले भने, ‘ज्ञान र साधनाले परिपूर्ण भएको आनीहरुको ज्ञानलाई अहिलेको सामाजिक परिवेशमा पुर्‍याउनका लागि गुम्बा विकास समितिले पुलको काम गरेको छ ।’

कार्यक्रममा समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल)ले गुम्बा विहारकामा अध्ययनरत आनीहरुको ज्ञानलाई समाजमा ल्याउन गरिएको प्रशिक्षण प्रभावकारी भएको बताए ।

‘दुई दिनको प्रशिक्षणबाट व्यवहारिक ज्ञान पाएको महसुस गरेको छु’‚ उनले भने‚‘ज्ञान र साधनाले परिपूर्ण भएको आनीहरुको ज्ञानलाई अहिलेको सामाजिक परिवेशमा र्पुयाउनका लागि समितिले पुलको काम गरेको हो ।’

अध्यक्ष फुपू छेम्बेले गुम्बाहरूको प्रमुखहरूसँग छलफल गरेर गुम्बाहरू बिचमा अन्तरसम्बन्ध बढाउँदै पारस्परिक रूपमा अन्तरसंवाद गराउने प्रयासमा समिति लाग्ने बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?