+
+

कीर्तिमानी जापानी फिल्म ‘वान पिस फिल्म : रेड’लाई आज काठमाडौंमा ‘फ्यान स्क्रिनिङ’ गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १७:३८

काठमाडौं । जापानी फिल्म ‘वान पिस फिल्म : रेड’को नेपाल फ्यान स्क्रिनिङ हुने भएको छ । वितरण कम्पनी एप्पलले मंगलबार बेलुका वान सिनेमाजमा फिल्म प्रिमियर गर्न लागेको हो ।

सन् २०२२ मा जापानमा सबैभन्दा धेरै कमाउने फिल्मको कीर्तिमान राखेको यो फिल्म माङ्गा फिल्म सिरिजको १५ औं सिक्वेल हो । फिल्मले जापानमा १५.०१ येन र विश्वव्यापी १२१.७ बिलियन डलर कमाएको छ ।

एमिनेटेड फ्यान्टासी-एक्सन-एड्भेन्चर जनरामा राखिएको यो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले असोज २८ गते नेपालमा रिलिज गर्दैछ । एप्पलकी कविता महर्जनका अनुसार फ्यान स्क्रिनिङको शो नै सोल्डआउट भइसकेको छ ।

उक्त स्क्रिनिङमा फ्यानहरुले कस्प्ले पहिरनमा आफूलाई प्रस्तुत गर्नेछन् । एप्पल इन्टरटेनमेन्ट जापानी एनिमे फिल्मको आधिकारिक नेपाल वितरक समेत हो । उसले व्यावसायिक रुपमा जापानी फिल्महरुलाई नेपालमा रिलिज गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?