+
+

बेलहिया नाकामा विदेशी पर्यटकलाई स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १२:५९

११ असोज, बुटवल । ४३ औं विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीको बेलहियामा भारतबाट आएका पर्यटकलाई माला र ढाका टोपी लगाई स्वागत गरिएको छ ।

नाकाबाट सुरुमा नेपाल भित्रिएका पाँचजना पर्यटकलाई गृहमन्त्री बालकृष्ण खाँणले माला र ढाका टोपी लगाइदिनुका साथै बुद्धको मुर्ति दिएर स्वागत गरेका हुन् ।

पर्यटन दिवस मनाउन गठित समितिको आयोजनामा भएको कार्यक्रममा इजरायलका म्याक, क्यानाडाका आरोन, चीनकी जु तथा दिल्लीका लाला राम र केरलाका राकेशकुमार कच्छलाई खाँणले स्वागत गरेका हुन् ।

स्वागत गरिएका ५ जना पर्यटकलाई होटलमा बस्न, खान र गन्तब्यसम्म समितिले नै पु¥याउने संयोजक सीपी श्रेष्ठले बताए ।

पर्यटकलाई स्वागत गर्दै गृहमन्त्री खाँणले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन भएकाले नेपालका ऐतिहासिक, प्राकृतिक र धार्मिक सम्पदा, संस्कृतिहरुको संरक्षण एवं प्रचारमा ध्यान दिन आग्रह गरे । उनले तेस्रो मुलुकका मात्र नभई भारतीय पर्यटकलाई पनि उत्तिकै सम्मान गर्न पर्यटन व्यवसायीलाई आग्रह गरे ।

बेलहिया स्थल मार्ग हुँदै धेरै पर्यटक भित्रिने नाका भएकाले अध्यागमन, भन्सार, पर्यटक सूचना केन्द्र, सडक लगायतका पूर्वाधारहरु अन्तर्राष्ट्रिय स्तरको बनाइने उनले बताए ।

उनले लुम्बिनीमा रहेका विद्युतीय बसहरु तत्काल सञ्चालन गर्न निर्देशन समेत दिए । पर्यटनमा पुनर्विचार नारासहित मनाउन लागिएको विश्व पर्यटन दिवसको अवसरमा सिद्धार्थ होटल संघले भैरहवा तथा यस आसपासका होटलहरुमा नेपाली तथा भारतीय पर्यटकलाई खाना र कोठामा २० प्रतिशत छुटको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?