+
+

समानुपातिकको नाममाथि कांग्रेस पदाधिकारी बैठकमा छलफल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १४:५९

४ मंसिरमा हुने निर्वाचनको समानुपातिक पद्धतितर्फको बन्द सूचीका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा पदाधिकारी बैठक बसिरहेको छ । दिउँसो २ बजेदेखि बैठक बसिरहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

समानुपातिक तर्फको सूचीमा पार्टीको संस्थापनइतरले विरोध जनाएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाइएको छ ।

असोज ३ मा निर्वाचन आयोगमा बुझाइएको बन्द सूची प्रति नेता डा. शेखर कोइराला पक्षले असन्तुष्टि व्यक्त गरी विरोधमा उत्रेको छ । आयोगले बिहीबार र शुक्रबार बन्द सूचीमा रहेका नामहरुमा संशोधन गर्न समय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?