+
+

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १८:३०
फाइल तस्वीर

११ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन प्रतिवन्ध लगाएको छ ।

वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थ्ल आसपास चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भी असर पर्ने भन्दै प्राधिकरणले चङ्गा उडाउन रोक लगाएको हो ।

प्राधिकरणले भनेको छ, ‘यस्तो कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवम् क्रियाकलाप नगर्न–नगराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाएमा प्रचलित कानून अनुसार कारबाही हुने समेत प्राधिकरणको चेतावनी छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?