+
+

मनास्लु हिमपहिरोका ६ जना घाइतेलाई काठमाडौं ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १८:१५
तस्वीर : टासी लाक्पा शेर्पाको फेसबुकबाट

११ असोज, काठमाडौं । सोमबार अपरान्ह गएको मनास्लु हिमालको हिमपातमा परी एक जनाको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । घटनामा १० जनालाई सामान्य चोटपटक लागेको र ४ जना भने गम्भीर घाइते भएको विभागले मंगलबार एक विज्ञप्ति निकाल्दै जानकारी गराएको छ ।

विभागका अनुसार ९ जनालाई तेस्रो शिविरबाट उद्दार गरिएको छ । त्यसमध्ये ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

यस अवधिमा सरकारी र निजी क्षेत्रबाट उद्दार कार्य प्रभावकारी बनाउन सबै उपाय अपनाइएको विभागले जनाएको छ । विभागले प्रतिकूल मौसमका कारण उद्दार कार्य जारी रहेको समेत जनाएको छ ।

शरद ऋतुको हिमाल आरोहणका दौरान स्वदेशी तथा विदेशी पर्यटक मनास्लु हिमालको आधार शिविरमा रहेको बेला सोमबार चौथो शिविर नजिकै हिमपहिरो गएको थियो ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?