+
+

कमेडियन हिमेश पन्तले रवि लामिछानेको पार्टीबाट चुनाव लड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १३:४४

काठमाडौं । कमेडी च्याम्पियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो । उनको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ ।

पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् । मंसिर ४ गते संसदीय निर्वाचन हुँदैछ । टीभी रियालिटी शो कमेडी च्याम्पियनका विजेता समेत रहेका पन्त अभिनित फिल्म वर एण्ड वधु प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?