+
+

नेप्सेमा एकल अंकको वृद्धि, कारोबार रकम ४८ करोडमा झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १५:२८

१२ असोज, काठमाडौंं । साताको चौथो दिन सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । नेप्से मंगलबार दोहोरो अंकले बढेको थियो । बुधबार बजार परिसूचक नेप्से ६.४१ अंकले वृद्धि भएर १८३७.४६ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.४५ अंकले वृद्धि भएर ३५९.५९ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा व्यापार, वित्त कम्पनी, अन्य र म्युचुअल फण्ड उपसूचकमा गिरावट भएको छ । बैंकिङ बीमा, विकास बैंक, उत्पादनमूलक, होटल तथा पर्यटन लगायतका उपसूचक भने बढेको छ ।

नेप्सेमा वृद्धि भएपनि बुधबार कारोबार रकम भने ५० करोडबाट पनि झरेको छ । बुधबार नेप्सेमा १३ लाख ७० हजार ४७७ कित्ता सेयर किनबेच हुँदा ४८ करोड ५४ लाख ९ हजारको कारोबार भएको छ । जसमध्ये नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्वाधिक ४ करोड ७५ लाख ९८ हजारको कारोबार हुँदा नबिल बैंकको २ करोड ६९ लाख ५३ हजार र रिडी हाइड्रोपावरको २ करोड ४ लाख १५ हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १०० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ७४ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ११ कम्पनीको भने स्थिर छ ।

मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.२० प्रतिशतले वृद्धि हुँदा अभियान लघुवित्तको सेयरमूल्य ८.१९ प्रतिशत र सपोर्ट लघुवित्तको सेयर मूल्य ७.८० प्रतिशतले वृद्धि भएको छ ।

यता ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइ मूल्य सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै राप्ति हाइड्रोपावर एण्ड जनरल कन्सट्रक्सन कम्पनीको सेयर मूल्य ६.०६ प्रतिशत र हिमालयन पावर पार्टनको सेयर मूल्य ५.९६ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?