+
+

पर्सामा कांग्रेसले भन्यो : जसपालाई तीन सिट दिन सकिन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १५:२६

१२ असोज, वीरगञ्ज । नेपाली कांग्रेसको पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट गर्दा पर्साका प्रतिनिधिसभाका ३ क्षेत्र जनता समाजवादी पार्टीलाई दिन नसकिने बताएका छन् ।

सिट बाँडफाटका क्रममा पर्साका ३ सिट जसपाले पाउने समाचारहरु बाहिरिएपछि कांग्रेसको जिल्ला समितिले असन्तुष्टि जनाएको हो ।

जिल्लाको सबै सिट कांग्रेसले पाउनुपर्ने दावी गर्दै आएको जिल्ला समितिले सत्रारुढ गठबन्धनमा सिट बाँडफाँटमा सहमति भइनसकेको बताएको छ । नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले सिट बाँडफाँट टुंगोमा नपुगेको दावी गरे ।

‘हामीले चारवटै क्षेत्रमा दावी गरेका हौं, ३ वटा जसपालाई दिने भन्ने कुरा हावा हो । सिट बाँडफाँडका बारेमा टुंगो लागेको छैन’, अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘एकलौटी गरेर कहाँ हुन्छ ? गठबन्धनमा गिभ एण्ड टेक हुने हो ।’

क्षेत्र नं २, ३ र ४ मा आफूहरुको विशेष दावी रहेको उनको भनाइ छ । ‘२, ३ र ४ मा विशेष फोकस हो, भन्न त एक पनि भनेका छौं, तर १ मा जसपाको सिटिङ नै छ । सिटिङलाई दिने भन्ने पनि हुन सक्छ’ सभापति क्षेत्रीले भने ‘बढी भयो भने ५०/५० होला ।’

०७४ सालको प्रतिनिसभा सभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नं १ मा तत्कालिन संघीय समाजवादी फोरम नेपालका तर्फबाट प्रदीप यादव, क्षेत्र नं २ मा पनि संघीय समाजवादी फोरम नेपालकै तर्फबाट बिमल श्रीवास्तव, क्षेत्र नं ३ मा संघीय समाजवादी फोरम नेपालका तर्फबाट हरिनारायण रौनियार र क्षेत्र नं ४ मा राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्ण निर्वाचित भएका थिए ।

४ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस दोस्रो स्थानमा थियो । गठबन्धनको साथ पाउँदा चार वटै निर्वाचन क्षेत्रमा विजय प्राप्त गर्नेमा कांग्रेस ढुक्क छ ।

तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट चुनाव जितेका ३ जनामध्ये हाल प्रदीप यादव जनता समाजवादी पार्टी नेपालबाट वन तथा वातावरण मन्त्री छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा रहेका बिमल श्रीवास्तव राजनीतिबाट सन्यास लिँदैछन् भने पप्पु कन्स्ट्रक्सनका संस्थापक हरि नारायण रौनियार भ्रष्टाचार मुद्धामा निलम्बित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?