+
+

‘मिलन’ फिल्मको गीत सार्वजनिक, टिकटक बनाउँदा पैसा जितिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १७:०५

काठमाडौं । फिल्म ‘मिलन’को नयाँ गीत ‘तिम्रो इसारा काफी छ’ सार्वजनिक भएको छ । तिहार छेकोमा कात्तिक १८ गतेदेखि रिलिज हुने फिल्मको गीतमा प्रविशा अधिकारी र कौशलराज खड्काको स्वर छ ।

रोमान्टिक गीतमा राजु सेन्चुरीको शब्द तथा संगीत छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापा फिचर्ड छन् ।

फिल्मले टिकटक प्रयोगकर्ताका लागि अफर पनि ल्याएको छ । सार्वजनिक गीतमा टिकटक बनाउने तथा गीतको क्लिप अपलोड गर्नेहरुका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

सार्वजनिक गीतको क्लिप काटेर आफ्नै टिकटक एकाउन्टमा अपलोड गर्न सकिनेछ । निर्माण टिमले भ्युजको आधारमा उत्कृष्ट पाँच छनोट गरेर क्रमशः २५ हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गर्ने जनाएको छ ।

कुशल शाह ठकुरी, सलोन बस्नेत र शिल्पा थापाबीचको त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको फिल्मको कथा पनि निर्देशक थापाले नै लेखेका हुन् । विशाल पहाडी, शिशिर बाङ्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चैमगरको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?