+
+

दशैंमा साटियो २२ अर्बको नयाँ नोट

नेपाल राष्ट्र बैंकले दशैंका लागि २२ अर्ब रुपैयाँ पैसा बैंकिङ प्रणालीमा पठाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १२:५२

१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि २२ अर्ब रुपैयाँ पैसा बैंकिङ प्रणालीमा पठाएको छ । राष्ट्र बैंकले २९ भदौदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको थियो ।

यस वर्ष दशैंमा १२ अर्ब रुपैयाँको साना दरको नोट साटहीको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए । यस्तै ठूला दरको (५०० र १०००) दरका १० अर्ब बराबरको नोट सहटी भएको उनले बताए ।

साना दरका नोट अथवा थप सहटी नहुने तर ठूला दरका नोट भने दशैं बिदा लामो भएकोले बैंकहरुले एटीएममा राख्नका लागि थप माग गर्नसक्ने उनले बताए । यस वर्ष दशैं लक्षित साना र ठूला दरको २५ अर्ब रुपैयाँ भन्दा माथिको नयाँ नोट बजारमा जाने देखिएको नेपाल बताउँछन् ।

गत वर्ष साना दरको करिब ८ अर्बको नोट सटही भएकोमा यस वर्ष बढेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?