+
+

नेपागञ्जमा अम्बे ग्रुपको शुभकामना आदानप्रदान कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १७:१६

काठमाडौं । अम्बे ग्रुपले बाँकेको नेपालगञ्जस्थित होटल सोल्टीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डिलरबाट झण्डै ५ सय जनाभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई दशैं लगायतका चाडपर्वको शुभकामना दिंदै ग्रुपका अध्यक्ष हरि न्यौपानेले उच्च मनोवलका साथ ढुक्कसँग ग्राहकलाई अम्बे स्टील र सिमेन्ट बिक्री गर्न डिलर सञ्चालकहरुलाई उत्प्रेरित गरे ।

नेपालगञ्जमै दैनिक १४ सय टन क्षमताको अत्याधुनिक वातानुकूलित फ्याक्ट्री नेपालको सबैभन्दा ठूलो फ्याक्ट्री रहेको र यी दुई प्रदेशमा अपेक्षाकृत ग्राहकको विश्वास जित्न ब्राण्ड सफल भएको भन्दै उनले डिलरहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

अम्बे स्टीलका ब्राण्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले देशमा ठूलो उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नुकासाथै कलाकार, डिलर, उपभोक्ता, सबैको आर्थिक हैसियत बढाउन सहयोग पुर्‍याएको भन्दै ग्रुपलाई धन्यवाद दिएका थिए ।

ग्रुपका निर्देशक शिवाज न्यौपानेले उद्योगलाई समय सापेक्ष, प्रविधिमैत्री, जनउत्तरदायी, संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै देशकै अनुकरणीय उद्योगका रुपमा स्थापित गर्न नवीनतम सोचसहित विभिन्न नयाँ भेञ्चर थप्दै लगिने बताए ।

उक्त अवसरमा सहभागीहरुबाट लक्कि ड्र गरी तीन जना विजेतालाई आकर्षक उपहार समेत महजोडीको हातबाट हस्तान्तरण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकार रचना रिमाल, सुमन कोइराला (दले दाई), कविता नेपाली लगायतले आफ्नो कला प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?