+
+

एमाले छाडेर गंगाराम यादव जसपामा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १७:३७

१३ असोज, जनकपुरधाम । तीन दिनअघि नेकपा एमाले छाडेका गंगाराम यादव जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले फूलमाला लगाएर पार्टीमा प्रवेश गराए ।

धनुषा–२ का प्रभावशाली नेता गंगाराम एमालेको केन्द्रीय सल्लाहकार समिति सदस्य थिए । गंगारामलाई धनुषाको डुमरियामा बिहीबार जसपाले पार्टी प्रवेश कार्यक्रम गरी पार्टीमा स्वागत गरेको हो ।

सो क्षेत्रमा प्रतिनिधिसभाको उम्मेदवार बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टीमा प्रवेश गराएपछि गंगाराम असन्तुष्ट बनेका थिए । उनले पार्टी सिद्धान्त विचार भन्दा बाहिर गएर व्यक्तिवादी ढंगले सञ्चालन भइरहेको भन्दै गत असोज १० गते एमाले परित्यागको घोषणा गरेका थिए ।

उनी २०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय थिए ।

जसपाले उनलाई क्षेत्र नं. २ मा प्रतिनिधिसभाको उम्मेदवार बनाउने आश्वासन दिएर ल्याएको स्रोतले बताएको छ । सो क्षेत्रमा सत्ता गठबन्धनमा भागवण्डा मिलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?