+
+

फिल्म ‘पोन्नियन सेल्भान’ पाइरेसी गर्ने दुई हजार वेबसाइटलाई प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते ११:३४

काठमाडौं । दक्षिण भारतीय निर्देशक मणिरत्नम निर्देशित फिल्म ‘पोन्नियन सेल्भान’ करिब ५ ०० करोड भारुको हारहारीमा निर्माण भएको छ । उपन्यासमा आधारित यो फिल्मको दुई भाग छ जसको पहिलो श्रृंखला आजदेखि हलमा लागेको छ । फिल्मको पहिलो भागले समग्रमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

यसैबीच भारतको मद्रास उच्च अदालतले फिल्मको पाइरेटेड भर्सन रिलिज गर्ने झण्डै दुई हजारवटा वेबसाइटमा प्रतिबन्ध लगाउन आदेश दिएको छ । ठूलो बजेटमा बनेको फिल्म पाइरेसी हुँदा यसले आर्थिक हानि व्यहोर्ने भएकाले निर्माता अदालतमा पुगेका थिए ।

तसर्थ, मद्रास उच्च अदालतले पाइरेटेड वेबसाइटमा फिल्म रिलिज गर्न रोक लगाएको छ । समग्रमा दुई हजारभन्दा बढी वेबसाइटलाई फिल्म रिलिज गर्न रोक लगाइएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

अदालतको यो आदेशपछि फ्यानहरुले अब हलको ठूलो स्क्रिनमा मात्रै फिल्म हेर्न पाउनेछन् । विक्रम, जयन रवी, ऐश्वर्या राय बच्चन स्टारर फिल्म आजदेखि नेपाली हलमा समेत रिलिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?