+
+

क्यान्डिडेट मास्टर थापाको विजयी सुरूवात

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १५:०८

१४ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशिपमा विजयी सुरूवात गरेका छन् ।

सन् २०१९ नोभेम्बरमा काठमाडौंमा सम्पन्न च्याम्पियनशीपको विजेता थापाले बिहिबार सम्पन्न पहिलो चरणको खेलमा कुवेतका अलमुहाईनी अब्दुलाजीजलाई पराजित गरेका हुन् । अक्टोबर ५ सम्म सञ्चालन हुने प्रतियोगितामा एशियाका २० देशका १४६ जना खेलाडीको सहभागीता रहेको छ ।

९ चरणसम्म सञ्चालन हुने प्रतियोगिता अन्र्तगत शुक्रबार साँझ हुने दोश्रो चरणको खेलमा थापाले जापानका ताकेनुउची अत्सुसीसँग प्रतिष्पर्धा गर्नेछन् ।

फिडे रेटिङ २ हजार भन्दा कम भएका र अधिकतम फिडेमास्टर सम्मको टाईटल प्राप्त खेलाडीको मात्र सहभागीता रहने प्रतियोगिताका विजेताले १५ सय डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?