+
+

१५ दिनमा एक करोडको तास आयात

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १६ गते १७:२७

१६ वैशाख, काठमाडौं । भदौ महिनाको १५ दिनमै ६ लाख ७८ हजार बुक तास आयात भएको छ । सरकारले राजपत्रमार्फत १४ वैशाखमा तास आयातमा प्रतिवन्ध लगाएर १४ भदौमा प्रतिवन्ध खोलेको थियो ।

तर १५ दिनकै बीचमा १ करोड ३ लाख रुपैयाँ बराबरको तास आयात भएको भन्सार विभागले जानकारी दिएको छ । यसबाट ७४ लाख ६४ हजार भन्सार राजस्व पनि संकलन भएको छ । दशैंमा परिवार र साथिभाइले रमाइलो गर्न पनि धेरै खेलिने भएकाले तासको उच्च माग हुने गरेको छ ।

आयात खुलेको छोटो समयमै तासको आयातको दर भने समान्य छैन । साढे ९ महिनामै साढे १० करोडभन्दा बढी मूल्यको एक करोड ‘बुक’ तास (प्लेइङ कार्ड) आयात भएपछि वैशाखमा सरकारले तासको आयात रोकेको थियो । तास रोकेपछि क्यासिनोहरुले तास आयात खोल्न दबाब दिएका थिए ।

नेपालमा पछिल्ला वर्षमा तास (प्लेइङ कार्ड)को प्याकेटको माग बढ्दो छ । दशैंतिहारमा कतिपयले जुवाका रुपमा त कतियले रमाइलोको रुपमा मात्रै तास खेल्ने प्रचलन छ । तर नेपालभित्र उच्च गुणस्तरको तास उत्पादन हुँदैन, यसका कारण वर्षमा करोडौं रुपैयाँ तास आयातमा खर्च हुने गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा मात्रै एक करोड ३४ लाख प्याकेट तास आयात भएको थियो । त्यति तास आयात गर्दा २७ करोड ४९ लाख बाहिरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा २३ करोड ५४ लाख मूल्यको १ करोड ३२ लाख प्याकेट तास आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५/७६मा अहिलेसम्मकै सबैभन्दा धेरै १ करोड ५७ लाख प्याकेट तास आयात भएको थियो । सो आर्थिक वर्षमा २५ करोड ६ लाख मूल्यको तास नेपाल भित्रिएको थियो । आर्थिक वर्ष २०७४/७५मा १४ करोड ५७ लाखको १ करोड २१ लाख प्याकेट तास भित्रिएको थियो ।

आर्थिक वर्ष २०७३/७४मा १ करोड १५ लाख प्याकेट तास १४ करोड ५६ लाख मूल्यमा आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?