+
+

लिमीका दुई स्कुल, जहाँ दशैंमा पनि हुँदैन विदा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १८ गते १६:३२

१८ असोज, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीको विद्यालय वर्षको ११ महिना खुल्ने गरेको छ । लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय र भृकुटी आधारभूत विद्यालय वर्षको ११ महिना नै सञ्चालन हुने गरेको हो ।

बालकक्षादेखि पाँच कक्षासम्म बढाई हुने विद्यालयहरु उवा लगाउने र काट्ने समयमा बाहेक खुल्ने गरेको गाउँपालिकाका शिक्षा अधिकृत मनराज बुढाले जानकारी दिए । बौद्ध धर्मावलम्बी लामा समुदायको बसोबास हुने लिमीमा दशैं मान्ने चलन छैन ।

ल्होसारमा भने तीन दिन स्थानीय विदा दिने गरिएको अधिकृत बुढाले बताए । उनले भने ‘यहाँ ल्होसारमा तीन दिन स्थानीय विदा त्यसपछि उवा लगाउने र काट्ने बेला पन्ध्र–पन्ध्र दिन बिदा हुन्छ । अरु बाँकी सबै महिनामा विद्यालय लागिरहन्छ ।’

अहिले स्थायी दरबन्दीका शिक्षकहरु दशैं विदामा गएपछि विभिन्न संस्थाको सहयोगमा निजी स्रोतका शिक्षकहरुले बालबालिका पढाइरहेका छन् । सुनखानी आधारभूत विद्यालयमा ४२ जना र भृकुटी आधारभूत विद्यालयमा १२ जना विद्यार्थी अध्ययरत छन् ।

शिक्षा अधिकृत बुढाका अनुसार लिमी गाउँ बाहेक अयन्त्र रहेका १४९ विद्यालयमा भने दशैं बिदा हुन्छ । अधिकृत बुढा भन्छन् ‘लिमी सदरमुकामदेखि पनि धेरै टाढा पर्छ । त्यहाँको नियम कानुन आफ्नै छ । त्यही अनुसार हुनेरहेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?