+
+

ओपेकको नयाँ निर्णयपछि फेरि बढ्न थाल्यो तेलको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २० गते २०:२१

२० असोज, काठमाडौं । तेल निर्यात गर्ने देशहरूको संगठन (ओपेक) र यसका सहयोगीहरू (ओपेक प्लस) ले मूल्य बढाउन कच्चा तेलको उत्पादनमा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ । यो कदमले संघर्षरत विश्व अर्थतन्त्रलाई अर्को झट्का लाग्नेछ ।

कोभिड–१९ महामारी सुरु भएयता रसिया र साउदी जस्ता देश संलग्न ओपेक गठबन्धनको मुख्यालय भियनामा बसेको ऊर्जामन्त्रीहरूको पहिलो बैठकले नोभेम्बरदेखि दैनिक २० लाख ब्यारेल उत्पादन कटौती गर्ने निर्णय गरेको हो । सन् २०२३को अन्तिमसम्म यस्तो कटौती गर्ने सहमति भएको छ ।

यो निर्णयले कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ । अहिले कच्चा तेलको मूल्य ९३ डलर प्रति ब्यारेल पुगेको छ। केही दिन अघिसम्म यस्तो मूल्य ८७ डलरमा झरिसकेको थियो।

यसबाट इन्धनमा सकस भोगिरहेको युरोप र चुनाव नजिकिएको अमेरिकालाई पनि असहजता सिर्जना हुनेछ ।

यसअघि ओपेक प्लसले गत महिना उत्पादनमा सांकेतिक कटौती गरेको थियो । महामारीको समयमा उत्पादनमा ठूलो कटौती भए पनि निर्यातकर्ता देशहरूले विगत केही महिनादेखि उत्पादनमा ठूलो कटौती गर्नबाट जोगिरहेका थिए।

ओपेक प्लसले एक विज्ञप्ति जारी गर्दै विश्व अर्थतन्त्र र कच्चा तेल बजारको परिदृश्यमा देखिएको अनिश्चिततालाई ध्यानमा राखेर यो निर्णय गरेको जनाएको छ ।

तर, ओपेक प्लस सदस्य समूहले तोकेको ‘कोटा’ पूरा गर्न नसक्दा उत्पादन घट्दा तेलको मूल्य र त्यसबाट बन्ने पेट्रोलको मूल्यमा खासै असर पर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?