+
+

माओवादीले टुंग्यायो कर्णालीका उम्मेदवार, हुम्लामा कार्चेनले पाए टिकट

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १५:५५

२२ असोज, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा चुनाव लड्ने उम्मेदवारको टुंगो लगाएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले कर्णाली प्रदेशका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ५ वटा पाएको छ । प्रदेश सभाका २४ सिटमध्ये माओवादीको भागमा ९ सिट परेको छ ।

सिट बाँडफाँड टुंगो लगाएसँगै माओवादी केन्द्रले आफना उम्मेद्वाहरुको समेत टुंगो लगाएको हो ।

प्रतिनिधिसभातर्फ रुकुम पश्चिममा जनार्दन शर्मा, जाजरकोटमा शक्तिबहादुर बस्नेत, कालिकोटमा महेन्द्रबहादुर शाही, जुम्लामा गोमा कुँवर र हुम्लामा छिरिङ डम्डोल लामा (कार्चेन) लाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् ।

त्यस्तै प्रदेशसभातर्फ रुकुम पश्मिको (क)मा महेन्द्र केसी र (ख)मा राजकुमार शर्मा उम्मेदवार बन्ने छन् । (क) मा भने कांग्रेसले पनि दाबी छ । र दुबै दलका नेताहरुबीच छलफलमा पनि चलिरहेको छ ।

सुर्खेत–१, (ख)मा कृष्णबहादुर जिसी (जितेन्द्र) र २ को (ख) मा बिन्दमान विष्ट उम्मेद्वार बन्ने छन् । दैलेख–२, (ख)मा उपेन्द्रकुमार रावत ‘सुशील’ उम्मेद्वार बन्ने छन् ।

कालिकोटको (क) मा दुर्गा रावत, डोल्पा (ख) मा वीरबहादुर शाही, हुम्ला (क) मा रणसिङ परियार, सल्यान (क) मा भीमप्रकाश शर्मा र मुगुमा (ख) मा मंगल शाहीलाई माओवादीले उम्मेद्वार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?