+
+

द्वारिकलाललाई माओवादीले दियो प्रदेशको टिकट

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १७:२०

२२ असोज, विराटनगर । नेकपा माओवादी केन्द्रले एकसाता अघि पार्टी प्रवेश गरेका इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरीलाई प्रदेशसभा सदस्यको टिकट दिएको छ ।

सत्तारुढ गठबन्धनको भागवण्डामा सुनसरी क्षेत्र नम्बर २ को ‘क’ माओवादीले पाएको छ । र, त्यो क्षेत्रमा चौधरीलाई टिकट दिइएको छ । नेकपा एमाले सुनसरीका पूर्वअध्यक्ष समेत रहेका चौधरी आइतबार मात्र माओवादी प्रवेश गरेका थिए ।

माओवादी केन्द्र प्रदेश १ कमिटीका अनुसार सुनसरीको प्रतिनिधिसभा तर्फको क्षेत्र नम्बर १ मा मुक्साहाङ मेन्याङ्बोलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

सुनसरी २ को क बाट चौधरीले टिकट पाउँदा क्षेत्र नम्बर ३ को क बाट सरस्वती पोखरेलले टिकट पाएकी छन् । पोखरेल प्रदेश १ को निवर्तमान उपसभामुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?