+
+

अमृता थापा मगर प्रदेश सभामा उठ्न तयार, माओवादीले स्याङ्जा १ क मा उठाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १९:४०

२२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले महिला संघकी अध्यक्ष अमृता थापा मगरलाई प्रदेश सभाको उम्मेदवार बनाएको छ ।

२०६४ र २०७४ मा समानुपातिक सांसद रहेकी थापा मगर यसपटक प्रदेश सभामा उठ्न तयार भएकी हुन् ।

थापाले स्याङ्जा १ क बाट गठबन्धनका उम्मेदवार भई प्रतिस्पर्धा गर्न लागेकी छन् । उक्त क्षेत्रमा प्रतिनिधि सभातर्फ भने कांग्रेसले पाएको छ ।

वाम गठबन्धनबाट गत निर्वाचनमा माओवादीका दिपक थापाले प्रदेश सभामा जितेका थिए । ‘केन्द्रका लागि पार्टीले सिफारिस गरेको थियो । तालमेल गर्दा माओवादी केन्द्रलाई प्रदेश सभा पर्‍यो । उम्मेदवार हुने सोच बनाएँ’, अनलाइनखबरसँग थापा मगरले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?