+
+

प्रदेश सभाको उम्मेदवार बन्न कसरी राजी भए अमृत अर्याल ?

हरि अधिकारी हरि अधिकारी
२०७९ असोज २३ गते ७:४२

२३ असोज, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले मोरङ क्षेत्र नम्बर ५ को ‘ख’ बाट प्रदेशसभा सदस्यको टिकट पाएका छन् । शनिबार राति उनले प्रदेशसभा सदस्यको टिकट पाएका हुन् ।

आर्याल प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । अर्यालको नाम मोरङ क्षेत्र नम्बर ४ र ५ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो । तर गठबन्धनको भागबण्डामा यी दुई वटै क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ । माओवादी केन्द्रले क्षेत्र नम्बर ४ मा अमनलाल मोदी र क्षेत्र नम्बर ५ मा शिवकुमार मण्डललाई टिकट दिएको छ ।

आफ्नो क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि अर्याल अलमलमा थिए । उनले प्रदेशसभा सदस्यको उम्मेदवार नबन्ने बताउँदै आएका थिए । केही दिनअघि अनलाइनखबरसँगको कुराकानीमा पनि उनले प्रदेशमा उठ्ने इच्छा नरहेको बताएका थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनी उम्मेदवार बन्न राजी भएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

क्षेत्र नम्बर ५ को ‘ख’ मा विपक्षी गठबन्धनले जसपा नेता जयराम यादवलाई टिकट दिएको छ । यादव २०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर ५ को ‘ख’ बाट निर्वाचित भएका थिए ।

मोरङको क्षेत्र नम्बर ५ को ‘क’ बाट गयानन्द मण्डलले टिकट पाएको कांग्रेस मोरङ सचिव मोदराज घिमिरेले जानकारी दिए ।

कांग्रेस नेता भीम पराजुली र नेता गुरुराज घिमिरेले प्रदेश सांसदको टिकट पाएका छन् । मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको दाबी गर्दै आएका दुवै नेताले प्रदेशसभा सदस्यको टिकट पाएका हुन् ।

पराजुलीले क्षेत्र नम्बर ४ को ख बाट प्रदेश सांसदको टिकट पाएका छन् । क्षेत्र नम्बर ४ को क बाट गुरुराज घिमिरेले टिकट पाएका छन् । मोरङ क्षेत्र नम्बर ६ को ‘ख’ बाट केदार कार्कीेले टिकट पाएका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?