+
+

कांग्रेसबाट सुर्खेतमा खड्का र थानीले पाए टिकट

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १०:०२
खड्का र थानी ।

२३ असोज, सुर्खेत । नेपाली कांग्रेसले सुर्खेतबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेद्वारको टुंगो लगाएको छ । प्रतिनिधि सभाका लागि उपसभापति पूर्णबहादुर खड्का र नेता हृदयराम थानीले टिकेट पाएका छन् ।

खड्का क्षेत्र नं.–१ बाट र थानी क्षेत्र नं.–२ बाट प्रतिनिधि सभाको लागि उम्मेदवार बनेका हुन् । ०७४ मा यी दुवै जना नेता बाम गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए ।

प्रदेश सभातर्फ सुर्खेत–१, (क) मा खड्गप्रसाद पोख्रेल र सुर्खेत–२, (क) मा कालिप्रसाद शाक्यले टिकट पाएका छन् ।

पोखरेल कांग्रेस सुर्खेतका सभापति हुन् भने शाक्य कांग्रेसका पुराना नेता हुन् ।

नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ सुर्खेतका दुई वटै निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ सुर्खेतक १ (क) र २ (क) मा उम्मेदवारी दिने गठबन्धन दलभित्र यसअघि सहमति बनिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?