+
+

जसपाका निवर्तमान प्रदेशसभा सदस्य जन्नत अन्सारीले दिए स्वतन्त्र उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १३:३१

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका निवर्तमान प्रदेशसभा सदस्य जन्नत अन्सारीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

२०७४ सालमा पर्सा क्षेत्र नम्बर १ को (क)बाट निर्वाचित भएका अन्सारीलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एमालेसँग चुनावी तालमेलका क्रममा पर्सा-१ को (क) एमालेको भागमा परेको छ ।

‘पार्टीले अन्याय गर्‍यो, पाँच वर्ष जनताको सेवा गर्दा पनि मूल्यांकन गरिएन, जनता मेरो पछाडि छ । जनताको राय अनुसार नै उम्मेदवारी दिएको छु,’ उनले भने ।

यो क्षेत्रमा एमालेका विचारी यादव र माओवादी केन्द्रका तर्फबाट रहबर अन्सारीले उम्मेवारी दिंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?