+
+

रवि लामिछानेले भने- सधैंका लागि चितवनमै बस्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १७:०२

२३ असोज, चितवन । चितवन–२ बाट उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफू अब चितवनकै बासिन्दा बन्ने बताएका छन् ।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले चितवनसँग आफ्नो गहिरो नाता रहेको बताए ।

‘यही सडकहरुमा मेरो लागि नारा लागेको हुनाले यो ठाउँ हृदयसँग जोडिएको छ,’ उनले भने, ‘काठमाडौं पनि सम्भावना हेरियो, तर, चितवनले देखाएको मायाले यही आएँ ।’

शालिग्राम पुडासैनीको मृत्युपछि लामिछानेमाथि आत्महत्या दुरुत्साहनको अभियोग लागेको थियो । र त्यसक्रममा उनी केही दिन चितवन प्रहरीको हिरासतमा बसेका थिए । त्यसक्रममा उनको समर्थनमा चितवनमा प्रदर्शन भएको थियो । जसको उनले पटक पटक स्मरण गरे ।

उनले जनताको दुःखलाई आधार बनाएर काम गर्दै आएको भन्दै अबको बाटो पनि त्यही हुने बताए ।

‘जुन आधारमा टेकेर राजनीति सुरु गरियो, त्यही आधारमा चुनाव जितिन्छ,’ उनले भने,‘हामीले कुनै पार्टीसाग गठबन्धन गरेका छैनौं, मेरो आगमनले चितवन असाध्यै खुसी छ । यो यहाँको चाहाना हो ।’

आफू चितवन–२ को भूगोलबारे परिचित हुन बाँकी रहेको भन्दै उनले पार्टी र संगठनका बलमा चुनाव जित्न कठीन नहुने बताए । ‘चुनावमा उठ्नु भएका प्रतिस्पर्धीसँग खरो उत्रिनेछु । थप तयारी गरेर बढ्छु । अस्वस्थ प्रतिस्पर्धा हुँदैन, मित्रवत प्रतिस्पर्धा हुन्छ,’ उनले भने ।

उनले शनिबारसम्म पनि कहाँबाट चुनाव लड्ने भन्न अन्योल रहेको स्वीकार्दै अब चितवनमै बसोबास गर्न तयारी सुरु गरेको बताए ।

‘मरो बसाइ नै यहीँ हुन्छ । म चुनाव लड्न मात्रै आउने हैन । तत्कालै जग्गा किनेर बस्ने अवस्था छैन,’ उनले भने,‘भाग्य, कर्म र राजनीतिमा जोडिएकाले चितवनमै बस्ने तयारी गर्दैछु । सधैंका लागि यहीँ बस्ने योजना बनाउँदैछु ।’

उनले भावनासँग चितवन जोडिएको र आफू सबैभन्दा अप्ठेरो पर्दा चितवनले साथ र सम्मान दिएको स्मरण गरे । ‘म अहिलेसम्म काठमाडौं बस्छु, अब चितवनलाई आफ्नै ठाउँ बनाउनेवाला छु । स्थायी बसोबास व्यवस्थापनको लागि केही समय लाग्छ,’ उनले भने,‘मलाई चितवनले पटक–पटक आऊ, नयाँ पुस्ताले आउनु पर्छ भन्यो । म चितवनबासीको मनमा बसेको छु । त्यो नै जितको महत्वपूर्ण आधार हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?