+
+

हातले अंगुर खुवाउने जागिर, मनग्गे तलब, रक्सी फ्री

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १२:५३

काठमाडौं । एउटा चर्चित रेष्टुरेन्टमा जागिरको लागि विज्ञापन खुलेको छ । रेष्टुरेन्ट यस्ता कर्मचारीको खोजीमा छ जसले ग्राहकलाई आफ्नै हातले अंगुर खुवाउनेछन् । हो, उक्त रेष्टुरेन्टले अंगुर खुवाउने कर्मचारी अर्थात् Grape Feeder  को पदमा विज्ञापन खोलेको छ । रेष्टुरेन्टले यस विषयमा पत्रिकामै विज्ञापन छपाएको छ ।

बेलायती पत्रिका द मिररका अनुसार लण्डनमा रहेको बाच्चानालिया नामक रेष्टुरेन्टमा अंगुर खुवाउने कर्मचारीको लागि विज्ञापन खुलेको हो । ब्रिटिस बिजनेस टाइकुन रिचार्ड केयरिङ उक्त रेष्टुरेन्ट चेनका मालिक हुन् ।

हालै Grape Feeder पदका लागि कर्मचारीको खोजी गर्दै उक्त रेष्टुरेन्टले पत्रिकामै विज्ञापन प्रकाशित गरेको छ । अंगुर खुवाउने पदमा काम गर्न इच्छुक उम्मेदवारले रेष्टुरेन्टमा सम्पर्क गर्नुपर्ने व्यहोरा विज्ञापनमा उल्लेख छ ।

यद्यपि उक्त जागिरका लागि केही शर्तहरु पनि छन् । त्यस्ता शर्तहरु पूरा गर्ने व्यक्तिले मात्रै जागिर पाउँदछ । जस्तै– आवेदकका हात सुन्दर हुनुपर्नेछ र युनानी तथा ल्याटिन इतिहास तथा भाषाको आधारभूत ज्ञान पनि हुनुपर्नेछ ।

विज्ञापन अनुसार छनोट हुने उम्मेदवारले जागिर सुरु गरेसँगै तलबका अतिरिक्त भत्ता पनि उपलब्ध गराइनेछ । कर्मचारीका लागि नियमित रुपमा हात तथा औंलाहरुको कस्मेटिक उपचार अर्थात् मेनिक्योरका साथै उत्कृष्ट भोजन तथा मदिरा पनि निःशुल्क रुपमा उपलब्ध गराइनेछ ।

अंगुर खुवाउने जागिरमा भर्ना हुने कर्मचारीले रेष्टुरेन्टमा आउने ग्राहकहरुलाई आफ्नै हातले अंगुर खुवाउनु पर्नेछ । यसका साथै डिनर गर्न आएका ग्राहकहरुलाई प्राचीन रोम तथा ग्रीसका गौरवशाली दिनहरुका बारेमा याद दिलाउनुपर्नेछ । यो भव्यता तथा विलासिताको मिश्रण हुनेछ ।

उक्त रेष्टुरेन्टको विज्ञापन सोसल मिडियामा भाइरल बनिरहेको छ । कतिपयले त्यसलाई सामन्ती शैली भनेर टिप्पणी गरेका छन् भने कतिपयले रेष्टुरेन्टको उक्त व्यवसायिक आइडियाको प्रशंसा पनि गरेका छन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?