+
+

रोल्पामा तीन पदका लागि १५ जनाको उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १६:५७

२४ असोज, रोल्पा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका रोल्पावाट १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय रोल्पाका अनुसार एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ५ जना दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा १० जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका वर्षमान पुन, नेपाल मजदुर किसान पार्टीवाट नाती भाइ ह्योम्बा, नेकपा एमालेबाट पूर्ण वुढामगर, राप्रपाबाट लीला रावल र राप्रपा नेपालबाट रामबहादुर वलीक्षेत्रीको उम्मेदवारी परेको छ ।

प्रदेश सभा (क) मा नेकपा एमालेबाट कमल वुढाथोकी, राप्रपा नेपालबाट गंजवहादुर शाही , नेकपा माओवादी केन्द्रबाट जोखबहादुर महरा र राप्रपाबाट पदमबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ ।

प्रदेश सभा (ख) मा नेपाली कांग्रेसबाट अमरसिंह पुन, राप्रपाबाट केशरबहादुर पुन, स्वतन्त्रवाट दीपेन्द्रकुमार पुनमगर र नवराज डाँगी, नेकपा एमालेबाट प्रेमबहादुर घर्तीमगर र राप्रपावाट सेते दमाईकोे उम्मेदवारी दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?