+
+

सामाजिक सञ्जालमा गरिने विज्ञापन खर्च पनि निर्वाचन खर्चमा समावेश हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १८:५६

२४ असोज, काठमाडौं । उम्मेदवारहरुले सामाजिक सञ्जालमा गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने भएको छ ।

१६५ प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभा सदस्यका लागि आइतबार देशभर उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दिएकामध्ये कतिपयले सामाजिक सञ्जालमा आफ्नो प्रचार प्रचार र विज्ञापन गर्न थालेका छन् ।

निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल र उम्मेदवारले सामाजिक सञ्जालमा विज्ञपन गर्दा हुने खर्च निर्वाचन खर्चमा समावेश हुने प्रष्ट पारेको छ ।

सामाजिक सञ्जालमा विज्ञापन गरे नगरेको आफ्नो संयन्त्रले अनुगमन गरिरहेको भन्दै आयोगले भनेको छ, ‘सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको सबै खर्च विवरण समेत चुस्त दुरुस्त राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन्छ ।’

निर्वाचन आयोगले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुश्प्रचार गर्ने, भ्रमक सूचना दिने जस्ता टिप्पणी नगर्न र नगराउन समेत आग्रह गरेको छ ।

हेर्नुहोस् निर्वाचन आयोगको प्रेस विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?