२५ असोज, काठमाडौं । म्यानचेस्टर युनाइटेडका फवार्ड क्रिस्टियानो रोनाल्डोले अप्रिलमा भएको प्रिमियर लिगको दौरान एक समर्थकको मोबाइल फुटाएकोमा एफएले जरिवाना निर्धारण गर्ने भएको छ ।
अप्रिलमा ओल्ड ट्राफोर्डमा भएको एभर्टनसँगको खेल हारेपछि ड्रेसिङ रुम जाने क्रममा उनले एभर्टनका समर्थकको मोबाइल खुट्टाले कुल्चिएर फुटाएका थिए ।
घटनापछि ३७ वर्षीय रोनाल्डो आफैंले पनि गल्ती महसुस गरि माफी मागेका थिए । सोही क्रममा उनले लेखेका थिए, ‘मुस्किल समयमा पनि भावनाहरुलाई नियन्त्रण गर्नु पर्ने हुन्छ, हामीले खेलको समयमा संयम गुमाउनु हुँदैनथ्यो । जसले गर्दा फुटबलमा युवाहरुको उत्साह नघटोस् भन्ने हो । म आफ्नो रिस र असंयमताप्रति माफी माग्न चाहन्छु । र सम्भव भएमा ती समर्थकलाई वल्र्ड ट्राफोर्डमा फुटबल हेर्न निमन्त्रण दिन चाहन्छु ।’
माफी मागे पनि यो गल्तीका लागि रोनाल्डोले एफए सामु प्रस्तुत हुनु पर्ने छ । एफएले उनीसँग सोधपुछ गरेर जरिवाना रकम निर्धारण गर्ने छ ।
रोनाल्डो विश्वका एक चर्चित फुटबल हस्ती हुन् । उनले गत आइतबार मात्र क्लब फुटबलमा ७ सय गोल पूरा गरेका हुन् ।
प्रतिक्रिया 4