+
+

‘दुई नम्बरी’ : पहिलो सप्ताहन्तमै उठ्यो लगानी, प्राविधिकलाई मुनाफा बाँडिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते ११:१८

काठमाडौं । सामाजिक र हास्य कथावस्तुमा निर्माण भएको फिल्म ‘दुई नम्बरी’ले व्यfवसायिक मुनाफा फिल्मसँग आबद्ध प्राविधिकलाई वितरण गर्ने भएको छ । प्रस्तुतकर्ता किरण नेपालीले फिल्मले पहिलो सप्ताहन्त लगानी उठाइसकेको र मुनाफाबापतको निश्चित रकम प्राविधिकलाई बाँड्ने जानकारी दिए ।

तर कति रकम वितरण हुन्छ भन्नेबारे उनले खुलाएनन् । ‘फिल्मको सफलतामा उहाँहरुको पनि हात छ । उहाँहरुको मिहिनेतको सम्मानका लागि मुनाफा बाँड्न लागेका हौं,’ नेपालीले अनलाइनखबरसँग भने ।

दीपेन्द्र लामा निर्देशित फिल्मको आधिकारिक कमाइलाई बिहीबार सार्वजनिक गर्ने तयारीमा निर्माता छन् । यद्यपि, विकडेजसम्मको अकुपेन्सी र शो संख्या हेर्दा फिल्मको कलेक्सन सुखद् हुने अपेक्षा छ । बुधबार पनि मुख्य मल्टिप्लेक्सहरुमा फिल्मको अकुपेन्सी ४० देखि ५० प्रतिशतको हाराहारीमा छ जुन निकै सकारात्मक हो । प्रस्तुतकर्ता नेपालीले फिल्मको कमाइलाई लिएर आफू उत्साहित रहेको बताए ।

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेनको प्रमुख भूमिका रहेको फिल्मले दुई ‘एमेच्योर’ सिकारीको कथा भन्छ । सिकारमार्फत निर्देशकले मित्रता र नैतिकताको सन्देश दिने प्रयास गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?