+
+

स्याङ्जा-२मा एमालेको बागी उम्मेदवारले नाम फिर्ता लिए

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १६:२४

२६ असोज, काठमाडौं । स्याङ्जा-२ मा नेकपा एमालेका नेता पद्मा कुमारी अर्यालविरुद्ध बागी उम्मेदवार बनेका कपिलदेव न्यौपानेले नाम फिर्ता लिएका छन् ।

स्याङ्जा २ को प्रतिनिधि सभामा एमाले परित्याग गरी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका थिए । न्यौपानेले बुधबार नाम फिर्ता लिएका हुन् ।

आयोगले दिउँसो १ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय दिएको थियो । आयोगले तोकेको समयको अन्तिमतिर आएर उनले नाम फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?