+
+

चितवनमा करेन्ट लागेर गैँडाको मृत्यु

रासस रासस
२०७९ असोज २७ गते १२:५४

२७ असोज, चितवन । चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु भएको छ ।

बिहीबार बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैँडाको मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँच÷छ वर्षको भाले गैँडा मरेको हो । सो ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र थप अनुसन्धान भइरहेको आचार्यले जानकारी दिए ।

कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले करेन्ट लागेर गैँडा मरेको जानकारी दिए । बङ्गुर फार्ममा नाङ्गो बिजुलीको तार लगाइएको र त्यसैबाट करेन्ट लागेको श्रेष्ठले बताए । यो आर्थिक वर्षमा यससँगै दुई गैँडाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्यांक अनुसार छ सय ९४ गैँडा छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?