+
+

नवौं राष्ट्रिय खेलकुद : सुदूर पश्चिमलाई हराउँदै महिला क्रिकेटमा मधेशको दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १६:५३
प्लेयर अफ दि म्याच बनेकी साना प्रबिन ।

२७ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा बिहीबार भएको दोस्रो खेलमा मधेस प्रदेश विजयी भएको छ ।

मधेसले सुदूरपश्चिम प्रदेशलाई १५ रनले हराएको हो ।

जितका लागि ९२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ८ विकेट गुमाएर ७६ रनमात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि ओपनर ब्याटर रितु कनौजियाले सर्वाधिक २७ रन बनाए पनि टिमलाई जिताउन सकिनन् ।

ओपनर ब्याटर बिन्दु रावल २ रनमा बोल्ड आउट भएपछि सुदूरपश्चिमका अन्य ब्याटरले रनका लागि मेहनत गर्नु परेको थियो । तेस्रो क्रमकी ब्याटर रवि पोदरले १२ रन बनाइन् । यशोदा विष्टले ११ रन बनाइन्, भने अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

मधेशका सन्तोषी चौधरी, शान्ति चौधरी र अनुराधा चौधरीले समान २ विकेट र सरस्वती कुमारीले १ विकेट लिएकी हुन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनाएको थियो । मधेशका लागि ओपनर ब्याटर साना प्रविनले ४९ बलमा ३ चौकाको मद्दतमा सर्वाधिक ३५ रन बनाइन् ।

चौथो क्रमकी ब्याटर गोमा आलेले १० रन बनाइन् भने कप्तान कविता गौतम ९ रनमा अविजित रहिन् ।

अन्य कुनै खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

सुदुरपश्चिमका लागि सावित्री धामीले ४ ओभर बलिङ गर्दै सर्वाधिक ४ विकेट लिइन् । मनिष चौधरी र याशु पाण्डेले समान एक विकेट लिए ।

पहिलो खेलमा घरेलु टिम गण्डकी प्रदेशलाई आइतबार भएको खेलमा ४० रनले हराएको मधेशको यो दोस्रो जित हो । यो समूहमा दुवै खेल जितेका एपीएफ र मधेशको समान चार अंक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?