+
+

सत्ता गठबन्धनको चुनावी कमाण्डर बने रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १९:४८

२७ असोज, काठमाडौं । सत्ता गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन परिचालन समन्वय समिति गठन गरेको छ ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले प्रदेश र जिल्लास्तरमा पनि सत्तारुढ गठबन्धनमा रहेका दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय समेत गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा र लुम्बिनी प्रदेशको बुटवलमा भेला हुने छ । त्यस्तै ५ गते विराटनगर र जनकपुरमा ६ गते धनगढी र सुर्खेतमा र ७ गते काठमाडौंमा भेला हुने छ।

भेलामा  गठबन्धनमा रहेका दलका केन्द्रीय समिति सदस्य, प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३/३ जना सहभागी गराउने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?