+
+

पौडीकी डुवाना लामाले आफ्नै कीर्तिमान सुधारेर जितिन् स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २९ गते १७:१४

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदको पौडीतर्फ २०० मिटर इन्डिभिजुअल मिड्लेमा डुवाना लामाको आफ्नै नामको राष्ट्रिय कीर्तिमान सुधार गरेर स्वर्ण जितेकी छिन् ।

फाइनलमा उनले निर्धारित दूरी २ मिनेट ३०.६७ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

यसअघि बिहान भएको हिटमा २ मिनेट ३१.४६ सेकेण्डको समय निकालेकी थिइन् ।

यो स्पर्धामा एपीएफकी रोयल प्रजापतिले २ मिनेट ४१.८० सेकेण्डमा दूरी पूरा गरेर रजत जितिन् । बागमतीकी रोषा न्यौपानले २ मिनेट ४९.२६ सेकेण्डको समयसहित काश्य पदक प्राप्त गरिन् ।

१५०० मिटर फ्रिस्टायलमा आर्मीका नसिर हुसेन पहिलो

१५०० मिटर फ्रिस्टायलमा आर्मीका नासिर हुसेनले स्वर्ण जिते । उनले १६ मिनेट ५०.२५ सेकेण्डको समय निकालेका थिए । उनले ३ वर्षअघि आफैंले बनाएको कीर्तिमान बराबरी गरेका हुन् ।

एनआरएनका आशिष सापकोटा १६ मिनेट ५७.९५ को समयसहित रजत र नेपाल पुलिस सनिल थापा मगरले १८ मिनेट १४.१७ को समयसहित काश्य पदक जितेका छन् ।

५० मिटर बटरफ्लाइमा गुरुङलाई स्वर्ण

५० मिटर बटरफ्लाइमा एपीएफका तेन्जिङ्ग नामदोल रायन गुरुङ्गले स्वर्ण जिते । उनले २७.५६ सेकेण्डको समय निकालेका थिए ।

यस्तै एपीएफकै अजलकाजी ताम्रकारले रजत र त्रिभुवन आर्मी क्लबका अनुभव सुब्बाले काश्य जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?