+
+

वर्ष २०७९ को ६ महिना : चार फिल्म बक्स अफिसमा हिट, कुनले कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १५:१३

काठमाडौं । कोरोना महामारीपछि रिलिज भएका चार नेपाली फिल्म मात्र व्यावसायिक सफल भएका छन् । बाँकी फिल्मले अन्य स्रोतबाट लगानी उठाए पनि बक्स अफिसमा चाहिं असफल रहे ।

वर्ष २०७९ को अर्धवार्षिक कमाइसम्म यी चार फिल्मले मात्र आफूलाई बक्स अफिसमा अब्बल बनाउन सके । जेठ १३ गते रिलिज भएको फिल्म ‘कबड्डी ४’ले नेपाली बक्स अफिसमा मात्रै साढे २३ करोड रुपैयाँ ग्रस कमाएको छ । फिल्मको ओपनिङ २ करोड ९० लाख रुपैयाँ ग्रस थियो ।

कुल कमाइ र ओपनिङको दुवै हिसाबमा कबड्डी ४ को यो कीर्तिमान हो । विदेशबाट मात्र फिल्मले १० करोड हाराहारीमा कमाइ गरेको अनुमान छ । निर्माता यतिबेला कबड्डीको पाँचौं सिक्वेल निर्माणको तयारीमा छन् ।

केकी अधिकारी र आँचल शर्मा अभिनित फिल्म ‘झिंगेदाउ’को नेपाल लाइफटाइम कलेक्सन सात करोड रुपैयाँ हाराहारी रह्यो । विशुद्ध ग्रामीण कथावस्तुमा बनेको यो फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् भने भीमनिधि तिवारीको कथामा फिल्म आधारित छ ।

‘प्रेमगीत ३’ यस वर्षको अर्को हिट फिल्म हो । फिल्मले दुई सातासम्म नेपालमा नेपाली र हिन्दी संस्करणबाट १३ करोड ग्रस कमाइ गरेको छ । प्रदीप खड्का स्टारर यो फिल्म यस वर्ष दुई अंकको कमाइ गर्ने कबड्डी ४ पछिको दोस्रो नेपाली फिल्म हो ।

अर्को बक्स अफिस हिट फिल्म हो दुई नम्बरी । जुन यतिबेला पनि हलमा आक्रामक ढंगमा प्रदर्शनरत् छ । फिल्मले पहिलो साता साढे चार करोड रुपैयाँ ग्रस कमाइ गरेको हिसाब प्राप्त छ ।

बक्स अफिस कमाइका हिसाबले यस वर्ष अन्य पनि प्रतीक्षित फिल्महरु रिलिजको तयारीमा रहेकाले अझै यो संख्या बढ्ने अपेक्षा छ । के घर के डेरा, महापुरुष, छक्कापञ्जा ४ अपेक्षित फिल्म हुन् ।

कमाइमा आक्रामक नभए पनि ‘ऐना झ्यालको पुतली’ले अब्बल समीक्षा प्राप्त गर्‍यो । समीक्षकले यसलाई दशककै उत्कृष्ट सिनेमा समेत भनेका छन् । सुजित बिडारी निर्देशित यो फिल्मको कमाइ डेढ करोड रुपैयाँ ग्रस आसपास रहेको अनुमान छ ।

यस वर्ष केही चर्चित कलाकारका फिल्म त रिलिज भए, तर तिनले बक्स अफिसमा आफूलाई सफल तुल्याउन सकेनन् । पूजा शर्माका दुई फिल्महरु सम्हालिन्छ कहिले मन र सम्झना बिर्सना असफल रहे ।

सौगात मल्लकै मन्त्र, घनचक्कर, माइकल अधिकारी, राधा पूर्णतः असफल रहे । तर अर्धवार्षिक ट्रेन्ड र बक्स अफिस नतिजा हेर्दा २०७९ को बाँकी ६ महिना आशावादी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?