+
+

भिटेनलाई उछिन्दै दोङ बने सबैभन्दा महंगा नेपाली र्‍यापर, जी-बब तेस्रो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १७:०३

काठमाडौं । दोङ नेपालका महंगा र्‍यापर बनेका छन् । देश विदेशबाट उच्च डिमान्ड भएसँगै उनले आफ्नो पारिश्रमिकमा भारी वृद्धि गरेका हुन् ।

विदेशमा हुने एक शोमा प्रस्तुति दिएबापत दोङले ५ हजार अमेरिकी डलर (६ लाख रुपैयाँ भन्दा बढी) पारिश्रमिक लिने गरेका छन् । हालै अस्ट्रेलिया टुरबाट उनले २२ लाख रुपैयाँ कमाएका थिए ।

 ‘दश टाउके रावण’ दोङको चर्चित गीत हो । तर, दोङले चाहिँ आफूले महंगो पारिश्रमिक लिने खबरलाई अस्वीकार गरेका छन् ।

दोस्रो महंगो र्‍यापरमा भिटेन छन् । उनले विदेशमा हुने एउटा शो ३ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक लिने गरेका छन् । जी-बब तेस्रो महंगा र्‍यापर हुन्, जसको प्रति शो पारिश्रमिक दुई लाख रुपैयाँ भन्दा बढी छ ।

जी-बबले तिहारलगत्तै अन्तर्राष्ट्रिय टुर सुरु गर्दैछन् । नेपालसहित ५० वटा शो उनको निश्चित भइसकेको छ । यस्तोमा विदेशबाट जी-बबलाई आकर्षक कमाइ हुनसक्छ ।

डीएनएक्सले डेढ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । विदेशबाट समेत पछिल्लो समय उनको डिमान्ड भइरहेको छ । लाउरे पनि अर्का चर्चित र्‍यापर हुन्, जसको पनि विदेशका कार्यक्रममा उच्च माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?