+
+

सेयर ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनी सिफारिस(सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १८:१२

३१ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ४५ कम्पनीलाई धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) को लाइसेन्सका लागि नेपाल धितोपत्र बोर्डमा सिफारिस गरेको छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुली सीमित कार्य गर्ने र पूर्ण कार्य गर्ने धितोपत्र दलाल व्यवसायीका साथै धितोपत्र व्यापारी समेतको लाइसेन्सका लागि ४५ वटा कम्पनीको नाम सिफारिस भएको बताउँछन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले भदौमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको चौथो र पाँचौं संशोधन गरेको थियो । त्यसपछि बोर्डले २ असोजमा सूचना प्रकाशित गर्दै धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि निवेदन माग गरेको थियो ।

संशोधित नियमावली अनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि २० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि ६० करोड र धितोपत्र व्यापारीको लाइसेन्सका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था गरेको छ ।

सोही आधारमा ब्रोकर लाइसेन्सका लागि सिफारिस गर्न नेप्सेमा आवेदन दिएका ४५ कम्पनीको नाम धितोपत्र बोर्डमा सिफारिस भएको नेप्सेले जनाएको छ । जसमध्ये धितोपत्र व्यापारीको इजाजतपत्रका लागि आवश्यक चुक्ता पूँजी आवेदन दिएको नबिल सेक्युरिटीज लिमिटेडको नाम बोर्डमा सिफारिस भएको नेप्सेले जनाएको छ । कम्पनीले १ अर्ब ५० करोड चुक्ता पूँजीसहित लाइसेन्सका लागि सिफारिस गर्न नेप्सेमा आवेदन दिएको थियो ।

यस्तै पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि आवश्यक चुक्ता पूँजी सहित आवेदन दिने कम्पनीको संख्या ३ वटा मात्रै रहेको छ । मेगा स्टक मार्केट लिमिटेड, सेन्चुरी सेक्युरिटीज लिमिटेड र हिमालयन सेक्युरिटीज लिमिटेड गरी ३ वटाले ६० करोड रुपैयाँ चुक्ता पूँजीसहित नेप्सेमा आवेदन दिएका थिए । उनीहरुको नाम पनि बोर्डमा सिफारिस भएको नेप्सले जनाएको छ ।

बाँकी रहेका ४१ कम्पनीले भने सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि आवश्यक चुक्ता पूँजीसहति बोर्डमा आवेदन दिएको थिए ।

हेर्नुहोस् कम्पनीको सूचीः

कम्पनीको नाम सेयर पूँजी
भोले गणेश सेक्युरिटिज लिमिटेड २१ करोड
क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि २० करोड
कलश सेक्युरिटिज प्रालि २० करोड
हिमालयन ब्रोकरेज कम्पनी २३ करोड
एनएमबी सेक्युरिटिज लिमिटेड २० करोड
केबीएल सेक्युरिटिज लिमिटेड २० करोड
प्रोपर्टी विजार्ड लिमिटेड २० करोड
शेयरप्रो सेक्युरिटिज प्रालि २० करोड
माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड २३ करोड
एनआईसी एसिया सेक्युरिटिज लिमिटेड २० करोड
सन सेक्युरिटिज प्रालि २५ करोड
पाही इन्भेष्टमेन्ट प्रालि २० करोड
मियो सेक्युरिटिज प्रालि २० करोड
मेगा स्टक मार्केट्स लिमिटेड ६० करोड
एलिट स्टक हाउस लिमिटेड २०.८० करोड
इन्फिनिटी सेक्युरिटिज लिमिटेड २५ करोड
इन्डेक्स सेक्युरिटिज लिमिटेड २२ करोड ५ लाख
जेबीएनएल सेक्युरिटिज लिमिटेड २० करोड
प्रभु स्टक मार्केट क्यापिटल लिमिटेड २० करोड
आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड २० करोड
एसपीएसए सेक्युरिटिज लिमिटेड ३० करोड
नबिल सेक्युरिटिज लिमिटेड १५० करोड
शुभकामना सेक्युरिटिज प्रालि २० करोड
ट्रेडमो सेक्युरिटिज प्रालि २० करोड
सानिमा सेक्युरिटिज लिमिटेड २० करोड
आकाशभैरव सेक्युरिटिज लिमिटेड २० करोड
हिमालयन सेक्युरिटिज लिमिटेड ६० करोड
क्यापिटल हब प्रालि २० करोड
गरिमा सेक्युरिटज लिमिटेड २० करोड
स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड २१ करोड
हातेमालो फाइनान्सियल सर्भिसेज प्रालि २० करोड
सीबीआईएल सेक्युरिटिज लिमिटेड २० करोड
इगल स्टक इक्युटी प्रालि २० करोड
सनराइज सेक्युरिटिज लिमिटेड २० करोड
इन्दिरा सेक्युरिटिज प्रालि २० करोड
सजिलो ब्रोकर लिमिटेड २० करोड
मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड २० करोड
ब्लुचिप सेक्युरिटिज लिमिटेड २० करोड
बेनी सेक्युरिटिज प्रालि २० करोड
रोडसो सेक्युरिटिज लिमिटेड २० करोड
सिजी इन्भेष्टमेन्ट से.लि. २८.५० करोड
म्याग्नेट सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालि २० करोड
मनि वल्र्ड सेयर एक्सचेन्ज प्रालि २० करोड
सेन्चुरी सेक्युरिटिज लिमिटेड ६० करोड
एप्पल सेक्युरिटिज लिमिटेड २० करोड

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?