+
+

महिला क्रिकेटमा बागमतीले जित्यो कांस्य पदक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १३:०७

१ कात्तिक, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा लुम्बिनीलाई ७ विकेटले हराउँदै बागमती प्रदेशले कांस्य पदक जितेको छ ।

कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा टस जित्दै फिल्डिङ रोजेको बाग्मतीले लुम्बिनीलाई निर्धारित २० ओभरमा ८७ रनमा रोक्यो । लुम्बिनीले दिएको ८८ रनको लक्ष्य १६.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेर बागमती तेस्रो भएको हो ।

बागमतीका लागि सुमन खतिवडाले सर्वाधिक ४१ रन जोडेर अविजित रहिन् भने ओपनर अस्मिता खरेलले  २०, कञ्चन श्रेष्ठले १० र अनिशा माझकोटीले अविजित १० रन जोडिन् । लुम्बिनीका कृतिका मरासिनीले २ र सुस्मिता भुसालले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेकव लुम्बिनीका लागि कप्तान सरस्वती घर्तीमगरले ३०, सुस्मिता भुसालले १३,  आश्मा पुलामी मगरले ८, रञ्जु श्रेष्ठले  र मधु डिसीले ४ रन जोडे ।

बागमतीका लागि बलिङतर्फ विपिशा शाहीले ४, सोनी पाख्रिनले २, स्पिनर खुशी डंगोलले ३ विकेट लिए । महिला क्रिकेटको स्वर्ण पदकका लागि मंगलबार दुई विभागीय क्लब नेपाल पुलिस र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?